नेपाल क्लियरिङ हाउस र ज्योति विकास बैंकबीच सम्झौता

Post Date : August 16, 2016 | 1:08 pm

काठमाडौं, ३२ साउन । नेपाल क्लियरिङ हाउस लिमिटेडले ज्योति विकास बैंकसँग अन्तर बैंक विद्युतीय भुक्तानी सेवा सुरु सम्बन्धी सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र ज्योति विकास बैंकका उपप्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले हस्ताक्षर गर्नु भएको थियो ।

सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले ज्योति विकास बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनका लागि एनसीएचएल–आईपीएस प्रणाली उपलब्ध गराउनेछ । यस प्रणालीमा आवद्ध सदस्यको संख्या ६२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *