नेपाल टेलिकमको आठौं वार्षिक साधारण सभा

Post Date : May 2, 2016 | 2:07 pm

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष दिनेश कुमार थपलियाले आ.व. २०७१/७२ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । नेपाल टेलिकमको आ.व. २०७१/७२ मा कुल आय ४२ अर्ब ६४ करोड रुपैया कायम भएको छ । जुन २०७०/७१ को कुल आय भन्दा ७.४८ प्रतिशत वृद्धि भएको छ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७१/७२ मा नेपाल सरकारलाई सर्वाधिक मूल्य अभिवृद्धि कर तर्फ ४ अर्ब १५ करोड २२ लाख रुपैया बुझाएको छ । त्यस्तै आयकर तर्फ ४ अर्ब ८४ करोड ९३ लाख रुपैया आन्तरिक राजस्व कार्यालयलाई बुझाएको छ । गुणस्तरीय सेवा र सुविधा नै ग्राहकको आकर्षकको आधार हो र सन्तुष्ट ग्राहक नै कम्पनीको आयश्रोतका आधारभूत स्तम्भ हुन भन्ने मान्यतालाई नेपाल टेलिकमले पूर्ण रुपमा स्वीकार गरेको छ ।

ntc agm2

One thought on “नेपाल टेलिकमको आठौं वार्षिक साधारण सभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *