नेपाल टेलिकमको 4G/LTE सेवा iPhone सेटका सबै Series मा सञ्चालन गर्न सकिने

Post Date : February 8, 2017 | 11:41 am

काठमाडौँ, २६ माघ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको 4G/LTE सेवा हिजो २०७३ माघ २५ गतेदेखि सवै Series का iPhone सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ । यस अघि यो सेवा iPhone 5 Series का सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो । आज देखि iPhone 6, 6+, 7, 7+ Series का सेटहरुमा पनि 4G/LTE सेवा प्रयोग गर्न सकिने भएको छ ।

नेपाल टेलिकमले द्धन्रीत्भ् सेवा सञ्चालन आरम्भ गर्नु अगावै देखि Apple कम्पनीका सवै Series  का मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले आगामी मार्च महिना देखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो ।

4G/LTE सेवा सञ्चालन भइसके पछि पनि iPhone का केही Series हरुमा सेवा प्रयोग गर्न नपाउँदा ग्राहकहरुलाई मर्का परेको महसुस गरी नेपाल टेलिकमले निरन्तर रुपमा Apple कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीको निर्धारित समय अगावै Beta Version Release गरी iPhone का Series का सेटहरुमा 4G/LTE सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिदिएको हो ।

नेपाल टेलिकमले २०७३ पुस १७ गते देखि नेपालमै पहिलो पटक 4G/LTE सेवा सञ्चालनमा ल्याएको थियो । आरम्भमा काठमाडौँ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा २०७३ माघ २२ गते देखि काठमाडौँ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइएको छ ।

iPhone 6, 6+, 7, 7+ Series का फोन सेटमा 4G/LTE सेवा सञ्चालन गर्नको लागि Apple कम्पनीको वेवसाइट https://beta.apple.com/ मा उपलब्ध निर्देशन अनुसार आफ्नो फोनको Back up लिई Profile download गर्नुपर्ने हुन्छ । त्यसपछि General >Setting>Software update मा गई Beta Version download गर्न सकिन्छ र iPhone 6 तथा सो माथिका Series मा नेपाल टेलिकमको 4G/LTE सेवा प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *