नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायीको चुक्ता पूँजी बढायो

Post Date : July 18, 2017 | 12:46 pm

काठमाडौँ, ३ साउन । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को चुक्ता पूँजी वृद्धि गरेको छ । बोर्डले निष्काशन तथा बिक्री प्रबन्धकको न्यूनतम चुक्ता पूँजी ३ करोड रुपैयाबाट बढाएर ५ करोड रुपैयाँ पुरयाएको छ । त्यसैगरी, धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर) को चुक्ता पूँजी ४ करोड रुपैयाँ रहेकोमा ७ करोड रुपैयाँ, शेयर रजिष्ट्रारको १ करोड रुपैयाँ रहेकोमा ३ करोड रुपैयाँ, लगानी व्यवस्थापकको १ करोड रुपैयाँ रहेकोमा ५ करोड रुपैयाँ र संस्थागत परामर्शदाताको ३ करोड रुपैयाँ हुने गरेको छ ।

नयाँ व्यवस्था अनुसार निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ता, लगानी परामर्श, लगानी व्यवस्थापक र शेयर रजिष्ट्रारको काम गर्ने मर्चेन्ट बैंकरको चुक्ता पूँजी २० करोड रुपैयाँ हुनुपर्नेछ ।

बोर्डले साविकको धितोपत्र व्यवसायी नियमावली, २०६४ मा संशोधन गरी धितोपत्र व्यवसायी (पहिलो संशोधन) नियमावली २०७४ लाई नेपाल सरकार, अर्थ मन्त्रालयले २०७४ साउन १ गते स्वीकृति दिएपछि बोर्डले २०७४ साउन ३ गतेदेखि लागू गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *