नेपाल बंगलादेश बैंकको एटिएम विर्तामोडमा

Post Date : October 17, 2016 | 2:59 pm

झापा, १ कार्तिक । नेपाल बंगलादेश बैंकले विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेज टिचिङ्ग एण्ड रिसर्च सेन्टर परिसरमा एटिएम संचालनमा ल्याएको छ ।

उक्त एटिएमको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले गर्नु भएको थियो ।

सोही अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विर्तामोड अपाङ्गता स्वावलम्बन संस्थालाई विभिन्न फर्निचर, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन प्रदान गरिएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *