नेपाल बंगलादेश बैंकको कञ्चनपुरमा नयाँ शाखा

Post Date : December 27, 2016 | 3:08 pm

काठमाडौँ, १२ पुस । नेपाल बंगलादेश बैंकले कञ्चनपुर जिल्लाको झलारी पिपलडाँडीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो ३७ औँ शाखा हो । शाखाको उद्घाटन बैंकका संचालक दिपक कार्कीले गर्नु भएको छ । उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपाने र बैंकका नायब महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

बैंकले ३७ वटा शाखा, २ वटा एक्सटेन्सन काउन्टर, ७ वटा शाखा रहित घरदैलो बैंकिङ्ग सेवा तथा ३६ वटा एटिएम काउण्टरबाट बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन र ३४ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ७४ करोड १४ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *