नेपाल बंगलादेश बैंकको तेस्रो त्रैमासिकमा ८२ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा

Post Date : April 26, 2017 | 2:13 pm

काठमाडौँ, १३ वैशाख । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ३८ अर्ब ५३ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन र ३७ अर्ब २४ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ८२ करोड ७६ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको सोही अवधिमा निस्क्रिय कर्जा १.०१ प्रतिशत र कर्जा निक्षेप अनुपात ७२.३० प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ५१ करोड ४० लाख ७९ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ८५ करोड ५२ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

बैंकको विद्यमान ४ अर्ब १ करोड १७ लाख ५८ हजार ६ सय रुपैयाँ बराबर चुक्ता पूँजीमा १० शेयर बराबर नयाँ ८ शेयरको अनुपातमा रु.१००।– दरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद शेयरको बिक्री २०७४/१/७ गतेदेखि बिक्री खुल्ला गरिसकेको छ । बैंकको हकप्रद शेयर निष्काशनपश्चात चुक्ता पूँजी ८ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ पुग्नेछ । जुन नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ २०७४ असार मसान्त अगावै पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *