नेपाल बंगलादेश बैंकको नाफा १ अर्बभन्दा माथि

Post Date : August 1, 2016 | 2:47 pm

काठमाडौं, १७ साउन । नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म १ अर्ब १९ करोड ८२ लाख रुपैया खुद मुनाफा गरेको छ । अघिल्लो आ.व. समीक्षा अवधिमा ८१ करोड ३९ लाख रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले आ.व. २०७२/७३ को अन्त्यसम्ममा ३९ अर्ब ८७ करोड ४२ लाख रुपैया निक्षेप संकलन र ३२ अर्ब ५२ करोड ८३ लाख रुपैया कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा ०.७१ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *