नेपाल राष्ट्र बेंकले १४ अर्ब रुपैयाँको ट्रेजरी बिल र ७ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने

Post Date : June 25, 2017 | 2:09 pm

काठमाडौँ, ११ असार । नेपाल राष्ट्र बैंकले ९१ दिने अवधिको नौ अर्ब रुपैयाँको ट्रेजरी बिल र १८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । १४ अर्ब रुपैयाँ बराबरको उक्त ट्रेजरी बिल खरिदका लागि २०७४ असार १२ गते अपरान्ह ३ बजेसम्म आवेदन दिइसक्नु पर्नेछ ।

नौ अर्ब रुपैयाँको ट्रेजरी बिल २०७४ असोज १० गते र पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल २०७४ पुस ११ गते परिपक्व हुनेछ ।

त्यस्तै, राष्ट्र बैंकले सात अर्ब रुपैयाँको “विकास ऋणपत्र २०७९ ग” (पाँच वर्षे) बोलकबोलमार्फत २०७४ असार १३ गते अपरान्ह ३ बजे बिक्री गर्ने भएको छ । अर्धवार्षिक रूपमा ब्याज पाइने यस ऋणपत्रमा आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । यसको साँवा भुक्तानी मिति २०७९ असार १४ गते तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *