१० अर्बको रिभर्स रिपोका लागि २८ अर्ब रुपैयाको आवेदन

Post Date : July 28, 2016 | 11:45 am

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको १० अर्ब रुपैया बराबरको रिभर्स रिपोमा २८ अर्ब ६३ करोड रुपैयाको आवेदन परेको छ । २० वटा बैंक तथा वित्तीय संस्थाले १ सय २६ वटा बोलकबोल गर्दै उक्त २८ अर्ब ६३ करोड रुपैयाको मात्र आवेदन परेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा परेको आवेदनबाट भारित औषत ०.५२ प्रतिशत ब्याजदर निर्धारण भएको राष्ट्र बैंकले जनाएको छ । बोलकबोल आवेदनमा न्यूनतम ०.१० प्रतिशतदेखि अधिकतम ०.६८ प्रतिशतसम्म परेको थियो । ७ दिने यो रिभर्स रिपो यही १९ गते परिपक्व हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *