नेपाल राष्ट्र बैंकले असार ६ गते ६ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८९ बिक्री गर्ने

Post Date : June 18, 2017 | 11:59 am

काठमाडौँ, ४ असार । नेपाल राष्ट्र बैंकले १५ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८९’ बोलकबोलको माध्यमबाट २०७४ असार ६ गते बिक्री गर्ने भएको छ । सो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । उक्त विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

सो ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिनेछ ।

राष्ट्र बैंकले प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्काशित रकमको ८० र २० प्रतिशत अर्थात ४ अर्ब ८० करोड रुपैयाँ र १ अर्ब २० करोड रुपैयाँ छुट्याएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *