नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०७८ निष्काशन गर्ने

Post Date : April 18, 2016 | 6:21 pm

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०७८ निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले २५ करोड रुपैया बराबरको उक्त बचतपत्र बैशाख २९ गते निष्काशन गर्न लागेको हो । यस बचतपत्रको साँवा भुक्तानी भने २०७८ बैशाख २९ गते हुने राष्ट्र बैंकले जनाएको छ । यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् । खरिदकर्ता घटीमा ५ हजार रुपैया र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५ हजार रुपैयाले भाग गर्दा निशेष भाग जाने अंकमा उक्त बचतपत्र खरिद गर्न सक्नेछन् । यो बचतपत्र खरिदकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन् । ६/६ महिनामा ब्याज प्राप्त हुने यसमा खरिदकर्ता आफै वा इच्छाइएको व्यक्ति मार्फत पनि भुक्तानी लिन सक्नेछन् । खरिदकर्ताले अन्य जानकारीको लागि नेपाल राष्ट्र बैंकको वेबसाइटमार्फत पनि प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *