नेपाल राष्ट्र बैंकले सातसय करोड रुपैयाँको ऋणपत्र बिक्री गर्दै

Post Date : March 1, 2017 | 8:47 am

काठमाडौँ, १८ फागुन । नेपाल राष्ट्र बैंकले फागुन १९ गते सातसय करोड रुपैयाँको विकास ऋणपत्र २०७९ ‘क’ (६ वर्षे) बोलकबोलको माध्यमबाट बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकलाई बिक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्काशित रकमको ८० र २० प्रतिशत अर्थात ५ सय ६० करोड रुपैयाँ र १ सय ४० करोड रुपैयाँ छुट्याएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदर निर्धारण हुने अर्धबार्षिक रूपमा पाउने ब्याजमा ब्याजकर लाग्नेछ । ऋणपत्रको साँवा भुक्तानी २०७९ फागुन २० गते तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *