नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने

Post Date : April 18, 2017 | 8:27 am

काठमाडौँ, ५ वैशाख । नेपाल राष्ट्र बैंक, राष्ट्रऋण व्यवस्थापन विभागले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र २०७९ ‘ख’ (५ बर्षे) बोलकबोलमार्फत २०७४ वैशाख ५ गते बिक्री गर्ने भएको छ । विकास ऋणपत्र खरिद गर्न चाहनेले ५ गतेका दिन अपरान्ह ३ बजेसम्म नेपाल राष्ट्र बैंकको वेबसाइट https://obss.nrb.org.np/pd को online bidding system software मार्फत मात्र बोलकबोल पेश गर्नु पर्नेछ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धबार्षिक रूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । २०७९ वैशाख ६ गते साँवाको भुक्तानी हुनेछ ।

Sorry, the PDF couldn’t be displayed 🙁

Leave a Reply

Your email address will not be published. Required fields are marked *