नेपाल स्टक एक्सचेञ्जले ५० प्रतिशत दरले नगद लाभांश वितरण गर्ने

Post Date : December 20, 2016 | 2:04 pm

काठमाडौँ, ५ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को ३५ औं साधारण सभाले आर्थिक वर्ष २०७२।७३ को खुद मुनाफा ४८ करोड ९६ लाख रुपैयाँबाट ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
गत आर्थिक वर्ष २०७१।७२ मा नेप्सेले २१ करोड ५० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

गत आर्थिक वर्ष २०७२।७३ मा नेप्सेमा १ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७१।७२ मा ६५ अर्ब ३३ करोड रुपैंया बराबरको सेयर कारोबार भएको थियो ।

नेप्सेमा सूचीकृत कम्पनीको संख्या २ सय २९ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *