नेप्से परिसूचक घटेर १७८६.५० विन्दुमा पुग्यो

Post Date : September 20, 2016 | 5:20 pm

काठमाडाैं, ४ असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १७.९८ अंकले घटेर १७८६.५० बिन्दुमा पुगेको छ । कुल ६९३९ कारोवारबाट १६ लाख १५ हजार ४१७ कित्ता शेयर किनबेच भई १ अर्ब ३४ करोड ५३ लाख ३४ हजार ४८६ रुपैयाको कारोवार भएको छ ।

होटल,  र बीमा समूहको शेयर मूल्य बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स र अन्य समूहको शेयर मूल्य घटेको छ ।

होटल समूहको १४.८८ अंकले बढेर १ करोड ४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ३५.३५ अंकले बढेर २५ करोड ३८ लाख रुपैयाको कारोवार भएकाे छ ।

वाणिज्य बैंकहरुको २३.६ अंकले घटेर ७३ करोड ८८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको १९.८ अंकले घटेर १८ करोड ९४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको २८.२६ अंकले घटेर ३ करोड ४८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने  फाइनान्स समूहको १०.६३ अंकले घटेर २ करोड १७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । अन्य समूहको १०.४१ अंकले घटेर १ करोड ७ लाख ६७ हजार ८०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा नबिल बैंक लिमिटेडको १७ करोड ७४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एनअाईसी एशिया बैंक लिमिटेडको १२ कराेड ६१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *