नेप्से परिसूचक ४८.७६ अंकले बढ्यो, बीमा कम्पनीहरूको करोवार सबैभन्दा बढी

Post Date : August 24, 2016 | 8:55 pm

काठमाडाैं, ८ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४८.७६ अंकले बढेर १७३०.६२ बिन्दुमा पुगेको छ । कुल ५१५० कारोवारबाट ११ लाख १३ हजार १६५ कित्ता शेयर किनबेच भई १ अर्ब २ करोड ३२ लाख ६३ हजार ४१८ रुपैयाको कारोवार भएको छ ।

अाज साताको चौथो दिन भने शेयरबजारमा निकै सुधार अाएको छ । अाज सबै समूहको कारोवार उकालो लागेको छ ।

वाणिज्य बैंकहरुको ३९.७६ अंकले बढेर ३२ करोड ७९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ८९.५४ अंकले बढेर ९० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ३८.१७ अंकले बढेर १३ करोड ९३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ४७.६६ अंकले बढेर २ करोड ९४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको १०.४५ अंकले बढेर २ करोड १० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको ५५६.६२ अंकले बढेर ४१ करोड ७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ६.८२ अंकले बढेर २१ लाख ४२ हजार ३६० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको ९.२५ अंकले बढेर ९७ लाख ८१ हजार ८१० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १० करोड ५७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको ४ कराेड ९४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *