नेप्से परिसूचक ४.६२ अंकले घट्यो, नेपाल लाइफको ११ करोड रुपैयाभन्दा बढीको कारोवार

Post Date : September 28, 2016 | 4:24 pm

काठमाडाैं, १२ असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४.६२ अंकले घटेर १७४९.१० बिन्दुमा पुगेको छ । कुल ४२७० कारोवारबाट ११ लाख १० हजार ३४५ कित्ता शेयर किनबेच भई ७५ करोड ३४ लाख १५ हजार ५५४ रुपैयाको कारोवार भएको छ ।

उत्पादन समूह र अन्य समूह बाहेकका सबै समूहहरूको नेप्से परिसूचक अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको २.७१ अंकले घटेर ३४ करोड १७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको १४.७८ अंकले घटेर ४० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ६.३ अंकले घटेर ९ करोड २२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको १.५७ अंकले घटेर २ करोड ९५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको ०.४७ अंकले घटेर १ करोड ५७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । बिमा समूहको ७८.३१ अंकले घटेर २२ करोड ४ लाख रुपैयाको कारोवार भएकाे छ ।

उत्पादन समूहको ११.०२ अंकले बढेर ७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने अन्य समूहको ०.५८ अंकले बढेर ६० लाख ४ हजार २८० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ करोड ९३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बंगलादेश बैंक लिमिटेडको ८ कराेड २६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *