नेरुडे लघुवित्तले २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने

Post Date : March 6, 2017 | 11:49 am

काठमाडौँ, २३ फागुन । नेरुडे लघुवित्त विकास बैंकले २ बराबर १ को अनुपातमा रु १००/– अंकित दरको ९ लाख कित्ता हकप्रद साधारण शेयर २०७३ चैत १४ गतेदेखि २०७४ बैशाख १७ गतेसम्म निष्काशन गर्ने भएको छ । २०७३ फागुन ३० गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एन.सि.एम. मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा ७ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको हाल नेपालभर ६२ वटा शाखा तथा उपशाखामार्फत ९९ हजार २ सय ५ विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *