‘नेसनल स्टन्ट ब्याटल २०१६’ मंसिरमा हुने

Post Date : October 24, 2016 | 11:17 am

काठमाडौं, ८ कार्तिक । नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको ‘नेसनल स्टन्ट ब्याटल २०१६’ हुने भएको छ । नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) र नेपाल कल्चरल एन्ड एड्भेन्चर इभेन्ट्स (एनसीए इभेन्ट्स) को संयुक्त आयोजनामा आगामी मंसिर पहिलो साता उक्त प्रतियोगिता हुने भएको हो ।

उक्त प्रतिस्पर्धामा समूहगत तर्फ ५ र ब्यक्तिगत तर्फ १० जनाको छुट्टाछुट्टै स्टन्ट प्रस्तुति रहने छ । यसमा स्टन्ट राइडरहरुले स्टन्ट मात्र नभई आफ्नो प्राविधिक कौशल समेत प्रदर्शन गर्ने छन् ।

मोटरसाइकलमा स्टन्ट गर्नु र यस्तो प्राविधिक कौशलता प्रस्तुत गर्न पाउनु धेरै युवाहरुको चाहना र सपना रहेको पाइन्छ । यस प्रकारका प्रतिस्पर्धाले उनीहरुलाई यस्तो अवसर दिन्छ । भविष्यमा यस्ता खालका प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागिताका लागि उपयोगी हुन सक्छ । एनएमएफसीले प्रतियोगिताका विजेताहरुका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत सहभागिताका लागि पहल गर्न भूमिका खेल्ने छ ।

यो भन्दा पहिले रेसमान्डु र क्रसमान्डु जस्ता ठुला मोटरसाइकल स्पोर्ट्स समेत सफलतापूर्वक सम्पन्न गरिसकेको फेडरेसनले एनसीए इभेन्ट्सको सहकार्यमा हुने यो कार्यक्रम पनि भव्य रुपमा सम्पन्न हुने लक्ष्य राखेको छ । उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत साथ रहेको छ ।

प्रतियोगिताका विजेताहरुलाई शिल्ड, मेडल तथा नगद पुरस्कार समेत प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *