पटक-पटकको सर्किट ब्रेकले शेयर कारोबार २ घण्टा पनि चल्न सकेन

Post Date : August 9, 2016 | 3:50 pm

काठमाडाैं, २५ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ८४.५१ अंकले बढेर १७६०.४२ बिन्दुमा पुगेको छ । कुल १११२ कारोवारबाट ३ लाख १० हजार ८७७ कित्ता शेयर किनबेच भई २९ करोड ८३ लाख ३२ हजार ७८५ रुपैयाको कारोवार भएको छ ।

पटक-पटक सर्किट ब्रेक लगाउनु पर्दा अाजको शेयरबजार २ घण्टा पनि चल्न सकेन । यसो हुनुमा नेपाल धितोपत्र बोर्डले शेयरमा लगानी गर्नेको सम्पत्ति छानबिन गर्ने समिति बनाएकोमा सो समिति विघटन भएकोले शेयरमा लगानी गर्नेहरू उत्साहित भएर लगानी गर्न खोज्दा भएको हो ।

वाणिज्य बैंकहरुको ९६.०३ अंकले बढेर २३ करोड २५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ११९.०७ अंकले बढेर ६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ४४.१ अंकले बढेर १ करोड ८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको १३८.०६ अंकले बढेर ४४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको १२.६९ अंकले बढेर १७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको ५११.३९ अंकले बढेर ३ करोड ८२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । अन्य समूहको १५.०४ अंकले बढेर ६४ लाख १५ हजार ३६० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको ४ करोड २० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको ४ कराेड १७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *