पण्डा निकुञ्ज बनाउन करिब दुई लाख मानिसलाई सारिने

Post Date : March 9, 2017 | 9:16 pm

चेङ्दु (चीन), २६ फागुन । चीनको दक्षिणपूर्वी सिचुवान प्रान्तमा पण्डा संरक्षणका लागि निर्माणाधीन राष्ट्रिय निकुञ्ज वरपर बस्दै आएका करिब एक लाख ७२ हजार मानिसलाई निकुञ्ज प्रशासनले विस्तारका लागि अन्यत्र सार्ने निर्णय गरेको प्रान्तीय वन विभागले बिहीबार जनाएको छ ।

सिचुवान, गान्सु र सान्सी प्रान्तमा करिब २७ हजार १३४ किलोमिटर क्षेत्रलाई निकुञ्ज बनाइने र उक्त निकुञ्ज खासगरी लोपोन्मुख पण्डाको संरक्षणका लागि तोकिने छ । निकुञ्जले सिचुवान २० हजार किलोमिटर अर्थात् ७४ प्रतिशत भूभाग ओगट्ने छ ।

निकुञ्ज विस्तारसँगै उक्त क्षेत्रमा काम गर्दै आएका करिब ३२ हजार खानी मजदुर र एक हजार नौ सय खानी प्रभावित बन्ने छन् ।

पछिल्लो चिनियाँ सर्वेक्षणअनुसार चीनमा एक हजार ८६४ पण्डा छने भने ४७१ लाई विभिन्न चिडियाखाना तथा निजी सङ्घसंस्थामा राखिएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *