पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतबारदेखि

Post Date : April 21, 2017 | 9:13 am

काठमाडौँ, ८ वैशाख । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ । सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला लनटेनिस संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

बैंकको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा १५० खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गर्ने जनाइएको छ । पुरुष/महिला एकल, पुरुष डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ । त्यस्तै, भेट्रानतर्फ ३५, ४५ र ५५ वर्षमाथि सिंगल र डबल्स तथा ६५ वर्षमाथि सिंगलमा खेल हुनेछ ।

पुरस्कार राशी ३ लाख २१ हजार रुपैयाँ र गिफ्ट ह्याम्पर ६४ हजार रुपैयाँको हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *