पोखरा फाइनान्सले बोनस शेयर दिने

Post Date : August 10, 2016 | 11:11 am

काठमाडौं, २६ साउन । पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट १३.५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव संचालक समितिबाट पारित भएको छ । साधारणसभाबाट अनुमोदन र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बोनस शेयर वितरण हुने जनाइएको छ ।

पोखरा फाइनान्सले आ.व. २०७२/७३ को असार मसान्तसम्म ३ अर्ब १४ करोड रुपैया निक्षेप संकलन, २ अर्ब ७१ करोड रुपैया कर्जा लगानी गरी ८ करोड ७५ लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ ।

फाइनान्सको चुक्ता पूँजी ४९ करोड ११ लाख रुपैया रहेको छ भने बोनस शेयर वितरणपछि चुक्ता पूँजी करिब ५६ करोड रुपैया पुग्नेछ । शाखा संख्या भने हाल ५ वटा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *