प्रत्येक तह र तप्काका मानिससँग हाम्रो बैंकिङ सम्बन्ध हुनु पर्छ ।

Post Date : April 1, 2016 | 7:45 am

– कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय अवस्थाबारे यहाँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

कृषि विकास बैंकको अहिलेसम्मको ओभरअल परफरमेन्स सन्तोषजनक छ । देशमा अत्यन्त खराब परिस्थिति थियो । काठमाडौँ बाहिरका खासगरी तराई क्षेत्रका अधिकांश कार्यालयहरु बन्द थिए । त्यसले गर्दा भनेजस्तो परफरमेन्स हुन सकेन । यसले निस्क्रिय कर्जा केही हदसम्म वृद्धि भयो । कर्जा प्रवाहमा केही कमी आयो । जब तराई आन्दोलन विस्तारै व्यवस्थित हुँदै गयो त्यसपछि हाम्रा सम्पूर्ण क्रियाकलापहरु अझ बढी प्रभावकारी ढंगबाट हामीले संचालन गरयौँ । अहिले कमसेकम संकेतहरु राम्रो प्राप्त भएका छन् । र, फाइनान्सिएल्ली बैंकको स्थिति त्यति कमजोर छैन । मलाई लाग्छ, हाम्रो चैत मसान्तको फिगर आयो भने गत वर्षको भन्दा केही न केही हदसम्म राम्रो हुन्छ । हाम्रो प्रफिटाबिलिटी भन्नुस्, लेन्डिङ्ग भन्नुस, डिपोजिट भन्नुस् र निस्क्रिय कर्जाको भोलुम, यी सबै कुरा कमसे कम हाम्रो जुन वाञ्छित लक्ष थियो त्यो अनुरुप नै हुन्छ । यसपालीको समग्र परफरमेन्स अहिले जे जस्तो तथ्यांक आएको छ, त्यो आधारमा हामी के भन्न सक्छौँ भने गत सालको भन्दा हाम्रो स्थिति कमजोर हुँदैन भन्ने हाम्रो अनुमान रहेको छ ।

बैंकमा तपाई सिईओ भएर आउनु भएपछि के कस्ता सुधारहरु गर्नुभयो ?

सुधारका प्रशस्त कामहरु भएका छन् । यद्यपि वाञ्छित सुधारहरु पूर्ण रुपमा हुन नसकेको स्थिति भए पनि जे जस्तो अवस्था थियो, खासगरी कर्पोरेट गभर्नेन्सको पार्टमा हामी निक्कै अगाडि बढेका छौँ । इन्टरनल कन्ट्रोललाई केही हदसम्म व्यवस्थित गरेका छौँ । ह्युमेन रिसोर्स म्यानेजमेन्टमा ट्रेमन्डस प्रोग्रेस भएको छ । खासगरी कर्मचारीको वृत्ति विकासका कुराहरु, जो रोकिएका थिए विगतमा, ती सम्पूर्ण कोर्स हामीले पूरा गरिसकेका छौँ । र, नयाँ कर्मचारीहरु भर्ती भएका छन् । तिनीहरुलाई तालीम दिने काम हामीले सञ्चालन गरेका छौँ । अहिले पनि नयाँ परीक्षा संचालन भइसकेको छ । खासगरी जनशक्ति व्यवस्थापनको क्षेत्र साह्रै चुनौतीपूर्ण रुपमा बैंकमा उपस्थित थियो त्यसलाई समाधान गर्न हामीले प्रशस्त प्रयास गरेका छौँ र हामीले समग्र जनशक्ति व्यवस्थापनका प्रक्रियाहरुलाई बढी ट्रान्सपरेन्ट र बढी व्यवहारिक र बढी इफेक्टिभ बनाउन सम्पूर्ण प्रयास गरेका छौँ । अब केही समयभित्रै जनशक्ति व्यवस्थापनका सम्पूर्ण समस्याहरु समाधान हुन्छन् । त्यस्तै इन्टर्नल कन्ट्रोल म्यानेजमेन्टमा हामीले प्रशस्त कामहरु गरेका छौँ । इन्टर्नल अडिटलाई स्थ्रेन्डन गर्ने काम भएको छ । वर्षौंदेखि पेन्डिङ रहेका पुरानो हिसाब मिलान, रिकन्सिलेसनको सन्दर्भमा प्रशस्त प्रोग्रेस गरेका छौँ । यसदेखि बाहेक निस्क्रिय कर्जा घटाउने प्रयास पनि गरेका छौँ । पुरानो लोनहरुलाई फरफारक गर्ने कोशिस गरेका छौँ । मूलतः इन्टर्नल कन्ट्रोल मेकानिजम्लाई बलियो बनाउन प्रयासरत छौँ । त्यो भन्दा बाहेक पनि सेन्ट्रल बैंकका रेगुलेशनहरुलाई कम्प्लायन्स गर्ने कन्टेक्स्टमा हामीले धेरै राम्रो प्रोग्रेस गरेका छा्रैँ । र, कतिपय रिपोर्टिङका कुराहरुमा सुधार भएका छन् । केवाईसीका नम्र्सहरुका परिपालनामा सुधार गरेका छौँ । डाटा म्यानेजमेन्टमा सुधार गरेका छौँ । सुधारका सम्पूर्ण प्रयासहरु जारी छ । हामीले एकवर्ष भित्रमा सम्भवतः नेपालको कम्प्लायन्स गर्न सक्ने कमर्सियल बैंकमा कृषि विकास बैंक सबभन्दा अगाडि हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।

तपाईको कार्यकालमा बैंकलाई कुन स्थानमा पुरयाउने लक्ष लिनुभएको छ ?

मैले त यहाँ आएदेखि नै भन्ने गरेको छु नेपालमा कृषि विकास बैंक इन टर्म्स अफ नेटवर्क नेपालको सबैभन्दा लार्जेस्ट बैंक हो । हिजो क्यापिटलमा पनि यो बैंक नै सबैभन्दा लार्जेस्ट क्यापिटल भएको बैंक थियो । इन टर्म्स अफ एम्प्लोइ पनि यो बैंक सबैभन्दा लार्जेस्ट थियो । हामी के चाहन्छौँ भने यी सबैमा हामी लार्जेस्ट हुँदा हुँदै पनि कम्प्लायन्स म्यानेजमेन्ट खासगरी रेगुलेटोरी प्रोभिजन्सको परिपालनामा सबैभन्दा राम्रो बैंकको रुपमा हामी स्थापित हुन चाहन्छौँ । त्यसकारण म यहाँ आएदेखि नै एउटा कमर्सियल बैंकको फन्डामेन्टल प्रिन्सिपल तय गरेको छु । कृषि विकास बैँक सबभन्दा एक्सटेन्सिभ ढंगबाट जानु पर्छ । इन्टेन्सिभ, सघन रुपमा जानु पर्छ र यो बैंक सस्टेनेबल हुनु पर्छ । र, वीथ अल कम्प्लायन्स सेन्ट्रल बैंकका सम्पूर्ण रेगुलेटोरी प्रोभिजन्सहरुको कम्प्लायन्स सहितको द बेस्ट बैंकको रुपमा जानु पर्छ । सामाजिक अभिमुखिकरण सहितको बैंकको रुपमा हामीले कृषि विकास बैंकलाई विकास गर्नु पर्छ भनेर हामी लागेका छौँ । अब हामी कृषि विकास बैंक अरु कमर्सियल बैंक जस्तो नभएर यो प्रत्येक नेपालीका घर घरमा पुग्नु पर्छ, प्रत्येक तह र तप्काका मानिससँग हाम्रो बैंकिङ सम्बन्ध हुनु पर्छ । हामी बुढाबुढी, केटाकेटी, गरिबधनी सबैलाई हामी बैंकिङ नेटवर्कमा लिएर जानुपर्छ भनेर हामी कोशिस गरिराखेका छौँ । हामीले यही कन्टेक्स्टमा फाइनान्सियल लिटरेसी प्रोग्रामलाई पनि त्यत्तिकै सशक्त ढंगबाट अधिराज्यव्यापी रुपमा संचालन गरी कृषि विकास बैंकलाई सबै नेपाली जनताको बैंकको रुपमा स्थापित गर्न चाहन्छौं र त्यही अभियानमा हामी लागेका छौँ ।

बैंकका लगानीका क्षेत्रहरु कुन कुन हुन् ?

विगतमा हामी कृषिकै लागि मात्रै काम गर्थ्याैं , खासगरी डेभलपमेन्ट वरिएन्टेड कामहरु मात्रै गथ्र्यौं । अहिले जब नेपाल राष्ट्र बैंकद्वारा कृषि विकास बैंक एउटा लाइसेन्स प्राप्त कमर्सियल बैंकको रुपमा स्थापित भयो । त्यसपछाडि हामीले अरु बैंक सरह कमर्सियल बैंकिङ फन्क्सन गर्छौं । अहिले पनि हामी अरु कमर्सियल बैंक झैं कमर्सियल बैंकका कामहरु गरे पनि हाम्रो मेन फोकस कृषि मै छ । अहिले पनि टोटल पोर्टफोलियोको झण्डै ३२ प्रतिशत हाम्रो कृषि मै लगानी छ । त्यो देखि बाहेक उद्योगमा, व्यवसायमा, सेवा क्षेत्रमा आदि हाम्रा लगानीका मुख्य क्षेत्रहरु हुन् । तर हाम्रो मेजर कन्सन्ट्रेसन फोकस कृषि मै छ ।

नाम कृषि विकास बैंक तर कृषिमा भन्दा व्यापारिक क्षेत्रमा बढी लगानी गरेको छ नि ?

होइन, त्यसो होइन । अहिले मैले भनी सकेँ कि हामी कृषि विकास बैंक कृषि विकास बैंक नै हुन चाहन्छौँ । हामी कमर्सियल बैंक भए पनि, कमर्सियल बैंकका अत्यन्त आधुनिक बैंकिङ पद्धति सहित, आधुनिक बैंकिङ प्रडक्ट सहित हामी बैंकिङ व्यवसायमा पनि जान्छौँ । तर यसको मतलब हाम्रो परम्परागत जुन व्यवसाय हो बैंकिङको आग्रिकल्चर बैंकिङ हाम्रो फोकस अझै पनि त्यसमै छ । म यहाँ आएदेखि नै के भनिराखेको छु भने यद्यपि हामी कमर्सियल बैंक भए पनि हाम्रो एक्सपर्टिज आग्रिकल्चर बैंकिङमा छ । त्यसैले हामी हाम्रो प्रतिस्पर्धी क्षेत्र भनेको आग्रिकल्चर बैंकिङ नै हो । जो अत्यन्त लाभप्रद क्षेत्र पनि हो । सबैभन्दा बढी पोटेन्सियल भएको क्षेत्र पनि हो । त्यसकारण हामीले यो क्षेत्रलाई बलियो गरी समात्नु पर्छ, यसबाट बाहिर जानु हुन्न र यसैमा फोकस गर्नु पर्छ भनेर हामी त्यसैमा लागेका छौँ । अहिले पनि हेर्नु भयो भने हाम्रो टोटल लेन्डिङको झण्डै ३२ प्रतिशत कृषिमै छ । त्यसो हुँदा सेन्ट्रल बैंकले मिनिमम् १२ प्रतिशत कृषिमा, जलविद्युतमा, पर्यटनमा टोटल पोर्टफोलियोको १२ प्रतिशत गर्नु पर्छ भन्दा भन्दै पनि हाम्रो एउटै क्षेत्र आग्रिकल्चरमा मात्रै झण्डै ३२ प्रतिशत पोर्टफोलियो अहिले पनि छ भने पछि कृषि विकास बैंक हिजो पनि कृषि विकास बैंक थियो आज पनि कृषिमै हाम्रो फोकस छ र भोलि पनि हाम्रो बाटो कृषि नै हो भनेर हामी पूरा डिटरमाइन्ड छौँ, हामी त्यो भन्दा बाहिर जाँदैनौं । नेपाल सबैभन्दा बढी कृषि संभावना भएको क्षेत्र हो, यसैमा हाम्रो बलियोसँग हाम्रो उपस्थिति जनाउनु पर्छ भन्ने कुरामा हामीलाई कतै द्विविधा छैन ।

२०७४ असारसम्म वाणिज्य बैंकहरुको चुक्ता पूँजी अनिवार्य रुपमा ८ अर्ब रुपियाँ पुरयाउनु पर्ने छ, कृषि विकास बैंकको कुल चुक्ता पूँजी ९ अर्ब ८६ करोड ८ लाख रुपियाँ छ, तर उक्त पूँजीमा अग्राधिकार शेयर वापतको रकम गणना गर्न नमिल्ने वाध्यात्मक व्यवस्थाले गर्दा के हुँदै छ ?

हामीले भन्यौँ कि कृषि विकास बैंक इन टम्र्स अफ क्यापिटल लार्जेस्ट कमर्सियल बैंक हो भनेर हामीले भनिराखेका छौँ । हाम्रो झण्डै पौने १० अर्ब क्यापिटल थियो भनेर हामीले भनेका थियौँ । तर नेपाल राष्ट्र बैंकले गत वर्षको मनिटरी पोलिसीमा चुक्ता पूँजी रिडिमेबल प्रिफरेन्सेस पेडअप क्यापिटल (चुक्ता पूँजी) हुन सक्दैन भनेर सेन्ट्रल बैंकले नयाँ रेगुलेसन ल्यायो । त्यसपछाडि हामीले सेन्ट्रल बैंकसँग कुरा गर्ने कि भनेर भन्यौँ, तर हामीसँग अरु उपाय हुँदा हुँदै सेन्ट्रल बैंकको रेगुलेसनलाई फेरि रिभ्यु गर्न कि जाने भन्ने हिसाबमा हामीले आफ्नो बाटो तय गरेका छौँ । त्यो चुक्ता पूँजी नमानिए पनि हामीेले सेन्ट्रल बैंकले दिएको समयावधिभित्रै ८ अर्ब भन्दा बढी चुक्ता पूँजी सजिलै पुरयाउँछौँ भनेर हामी दृढताका साथ अगाडि बढेका छौँ । अहिले हामीसँग सेन्ट्रल बैंकले मानेकै क्यापिटल ३ अर्ब ४२ करोड चुक्ता पूँजी छ । यो वर्षको प्रफिटाबिलिटीबाट १५ प्रतिशत बोनस शेयर जारी गर्छौं र टु इजटु वान राइट शेयर पनि जारी गर्छौं । त्यसो गर्दा हाम्रो झण्डै ५ अर्बको हाराहारीमा चुक्ता पूँजी पुग्छ । अर्को दुई वर्ष अझै हामीसँग समय बाँकी रहन्छ । यस अवधिमा हामी सजिलैसँग राष्ट्र बैंकले भनेझैं चुक्ता पूँजी पुरयाउँछौं र हामीले त्यो अनुसारको क्यापिटल प्लान हामीले तय गरिसकेका छौँ । त्यसैले कृषि विकास बैंकले कतै चुक्ता पूँजी सेन्ट्रल बैंक भनैझैं पुरयाउँदैन कि भनेर कसैले चिन्ता गर्नु पर्ने अवस्था छैन । हामी समयावधि भित्रै बडो कम्फोर्टेबल ढंगबाट चुक्ता पूँजी पुरयाउँछौँ । त्यसमा हामी ढुक्क छौँ ।

के यतिबेला ८ अर्ब रुपियाँ चुक्ता पूँजी भएको बैंकको आवश्यकता छ जस्तो लाग्छ यहाँलाई ?

होइन, अहिलेको मुलुकको इकोनोमी, खासगरी चुक्ता पूँजी कुनै पनि कमर्सियल बैंकमा कति हुनुपर्छ भन्ने कुरा मूलतः मुलुकको इकोनोमीको साइजले डिटर्मिन गर्ने हो, त्यसपछि नम्बर अझ कमर्सियल बैंक कति छन्, हाम्रो टाटेल क्यापिटलको रिक्वाएरमेन्ट कति हो भन्ने आधारमा चुक्ता पूँजी कति हुनुपर्छ भनेर मूल रुपमा माक्रो इन्डिकेटर्सहरु यी हुन् । अब मुलुकको लागि सबैभन्दा क्यापिटलको आवश्यकता छ, हामी रिस्ट्रक्चरिङको कुरा गरिराखेका छौँ, हामी रिकन्स्ट्रक्सनको कुरा गरिराखेका छौँ, हामी डेभलपमेन्टको पेसलाई बढाउनु छ, हाम्रो मुलुक पोलिटिकल स्टाबिलिटी तर्फ गइराखेको छ, हाम्रो सम्पूर्ण फोकस मुलुकको डेभलपमेन्टमा गइरहेको अवस्थामा कमर्सियल बैंकको रिस्क पनि बढिरहेको छ, यो जोखिम बेहोर्न सक्ने र लगानी बेहोर्न सक्ने क्यापिटल हुनुपर्छ भनेर सेन्ट्रल बैंकले आफ्नो क्यालकुलेसन गरेको हो । त्यसो हुँदा ८ अर्ब पूँजी एउटा कमर्सियल बैंक संचालन गर्न जसले अर्बौं अर्ब रुपियाँ जनताको डिपोजिट कलेक्सन गर्छ त्यस्ता बैंकको निमित्त ८ अर्ब पूँजी पुरयाउनु ए क्लास कमर्सियल बैंकलाई सेन्ट्रल बैंकले दिएको रेगुलेसन अत्यन्त जायज हो भन्ने परिप्रेक्ष्यमै हामीले कुरा गर्ने हो । त्यसो हुँदा ८ अर्ब अहिलेको केन्टेक्स्टमा रिक्वाएरमेन्टको सन्दर्भमा र जोखिमलाई व्यवस्थापन गर्ने सन्दर्भमा र व्यवसायको भौगोलिक वृद्धि गर्ने सन्दर्भमा अहिले तय गरेको ८ अर्ब पूँजी बढी हो भन्ने मलाई लाग्दैन, यो मनासिब क्यापिटल स्ट्रक्चर हो ।

तपाईं आउँदा र अहिले खराब कर्जा कति छ ? पुराना कर्जा उठाउन के कदम चाल्दै हुनुहुन्छ ?

अहिले हाम्रो लेभल अलिकति घटेको छ । म आउँदा झण्डै ६ प्रतिशतको हाराहारीमा खराब कर्जा थियो । अहिले घटेर करिब पौने ५ प्रतिशत जति छ । हामीले ठूलो लोनहरु उठाउने कोशिस गरिराखेका छौँ । म आइसकेपछि पनि एक पटक पत्रपत्रिका प्रकाशन गरिसकिएको हो । खाली लिलाम हुन नसकेको अवस्था हो र हामी होमवर्क गरिराखेका छौँ । ठूला केही लोनहरु छन् जसको कारणले मात्रै यो खराब कर्जा ठूलो देखिएको हो । यदि विगतका ती ५–७ वटा लोन मात्रै नहुने हो भने कृषि विकास बैंकको ओभरअल खराब कर्जा धेरै न्यूनमा आउँथ्यो । हामीले त्यसलाई सर्टआउट गर्ने वित्तिकै हाम्रो अरु कमर्सियल बैंकको भन्दा धेरै कम खराब कर्जा रहन्छ । तर यति हुँदाहुँदै पनि कृषि विकास बैंकका एउटा राम्रो आधार भनेको हाम्रो अन्डरलाइङ आसेटको क्वालिटी जे छ अत्यन्त बलियो छ, त्यसमा हामी ढुक्क छौँ । अलिकति कम्पारेटिभली पुराना ठूला लोन भएको कारणले खरब कर्जाको लेभल अलिकति बढी भए पनि हाम्रो आसेटको क्वालिटी राम्रो भएको हुँदा त्यति समस्या छ भन्ने मलाई लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *