‘प्रत्येक प्रदेशमा सुविधासम्पन्न रङ्गशाला’

Post Date : June 2, 2016 | 6:30 pm

कतार, २० जेठ । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले सरकारले प्रत्येक प्रदेशमा सुविधासम्पन्न रङ्गशाला र क्रिकेट मैदान निर्माण गर्ने बताउनुभएको छ ।

कतारस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग बुधबार भएको भेटमा उहाँले खेलकुदको विकास र स्तरवृद्धि गर्न आफू तत्पर रहेको बताउनुभयो । खेलाडीलाई प्रशिक्षण, तलब र भत्ता वृद्धि गरिने जानकारी दिँदै मन्त्री मण्डलले खेलाडीको स्वास्थ्य बीमासमेत गरिने बताउनुभयो ।

सो अवसरमा मन्त्री मण्डलले कतारका लागि नेपालका कावा राजदूत मणिरत्न शर्मा र विभिन्न सङ्घ, सङ्गठनका प्रतिनिधिसँग कतारमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिनुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *