प्रदूषित वातावरणका कारण एक वर्षमा सत्र लाख बालबालिकाको मृत्यु

Post Date : March 6, 2017 | 9:49 pm

जेनेभा, २३ फागुन । पाँच वर्ष नपुग्दै मृत्यु भएकामध्ये झन्डै एकचौथाई बालबालिकाको मृत्यु वातावरणीय प्रदूषणका कारण हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जनाएको छ ।

सङ्गठनले सोमबार सार्वजनिक गरेका पछिल्ला दुई वटा ताजा प्रतिवेदनका अनुसार गत एक वर्षमा ५ वर्ष मुनिका १७ लाख बालबालिकाको मृत्युको कारण वातावरणीय प्रदूषण रहेको छ ।

वातावरणीय प्रदूषणअन्तर्गत घरभित्र तथा बाहिर हुने धुवाँ, धुलो, असुरक्षित पानी र सरसफाईको कमजोर अवस्थालाई जनाउछ ।

बालबालिका प्रदूषणबाट प्रभावित भएमा श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगको खतरा हुने, श्वासनली साँघुरिएर श्वास फेर्न गाह्रो हुने, मुटुसम्बन्धी रोग, हृदयघात र क्यान्सर लाग्नसक्ने चिकित्सकहरूको भनाई छ ।

“प्रदूषित वातावरण विषेशगरी साना बालबालिकाका लागि निकै घातक हुन्छ,” डब्लूएचओका प्रमुख मागर्रेट चानले जारी गरेको वक्तव्यमा भनिएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *