प्रभु बैंक र दुई जीवन बिमा कम्पनीबीच सम्झौता

Post Date : March 11, 2017 | 12:43 pm

काठमाडौँ, २८ फागुन । प्रभु बैंकले बीमा सेवालाई विस्तार गर्दै लैजाने क्रममा थप दुई जीवन बीमा कम्पनीसँग सम्झौता गरेको छ ।

बैंकले छुट्टाछुट्टै समारोहबीच सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एनआईसी नेपाल) सँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

यस सम्झौताले बैंकको जुनसुकै शाखाबाट बैंकिङ सेवाका अतिरिक्त सरल, छिटोछरितो र सहजरूपमा जीवन बीमालेख लिन र प्रिमियम भुक्तानी लगायत थप सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *