प्रभु बैंक र सक्षमबीच सम्झौता

Post Date : October 28, 2016 | 1:09 pm

काठमाडौँ, १२ कात्तिक । प्रभु बैंक र यूकेएडको सक्षम एक्सेस टु फाइनान्सबीच दुर्गम क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने सम्बन्धमा सम्झौता भएको छ । प्रभु बैंक र सक्षम मिलेर मनाङ, रुकुम र अछाम जिल्लाका महिला, पिछडिएका र ग्रामिण तथा विपन्न वर्गका जनतालाई वित्तीय पहुँचमा ल्याउने भएका छन् ।

आधुनिक बैंकिङ्ग र शाखारहित बैंकिङ्ग सेवाका माध्यमबाट सो जिल्लाका क्षेत्रहरूका जनतालाई वित्तीय पहुँचमा समेट्न लागेको हो ।

उक्त सम्झौता अनुसार बैंकले मनाङको चामे, रुकुमको मुसिकोट र अछामको कमलबजारमा बैंकिङ्ग शाखा स्थापना गरी संचालनमा ल्याउनेछ । यी जिल्लामा मोबाइल बैंकिङ्ग र एटिएम सेवाको सुरुवात गर्ने बैंकले जनाएको छ ।

यस्तै बैंकले मनाङको धारापानी, माथिल्लो मनाङ, ताल, ढुकुरपोखरी र पिसाङ, रुकुमको रात्मा माइकोट, महत, पुआङ र काँक्री तथा अछामको ढकारी, ढुंगाचाल्ना, टुर्माखाँद, विनायक र पुन्यपाटामा गरी १५ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याइनेछ ।

प्रभु बैंकको यस कार्यमा सक्षमको प्राविधिक र वित्तीय सहयोग गर्ने विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *