प्राइम कमर्सियल बैंकको खुद मुनाफा ५५ करोड ९७ लाख रुपैयाँ

Post Date : January 22, 2017 | 2:50 pm

काठमाडौँ, ९ माघ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पुस मसान्तसम्म ५५ अर्ब ६ लाख रुपैयाँ निक्षेप संकलन र ४६ अर्ब ५ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५५ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ९४ करोड ३ लाख रुपैयाँ रहेको छ ।

बैंकले चैत्र मसान्तसम्म कन्ट्री डेभलपमेण्ट बैंक र विराटलक्ष्मी विकास बैंकलाई गाभ्ने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *