प्राईम कमर्सियल बैंकले “द बिज २०१६” अवार्ड पायो

Post Date : August 6, 2016 | 10:33 am

काठमाडौं, २२ साउन । प्राईम कमर्सियल बैंकलाई कन्फेडेरेसन अफ बिजनेसले “द बिज २०१६” बिजनेस एक्सिलेन्स अवार्ड प्रदान गरेको छ ।

अमेरिकास्थित ह्युस्टन, टेक्सासमा आयोजित कार्यक्रममा प्राईम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण मानन्धरलाई सो अवार्ड प्रदान गरेको हो ।

बिज अवार्ड उद्योग र व्यापार क्षेत्रमा प्रदान गरिने संसारको सबैभन्दा महत्त्वपूर्ण मध्येको एक अवार्ड मानिन्छ । वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसले बिज अवार्ड सन् २००४ मा स्थापना गरेको हो ।

सो समारोहमा बैंक संचालक समितिका सदस्य श्यामबहादुर श्रेष्ठ, उत्तम नारायण श्रेष्ठ, उदयमोहन श्रेष्ठ र दिनेश श्रेष्ठको समेत उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *