प्रोग्रेसिभ फाइनान्स र बुम रेमिटबीच सम्झौता

Post Date : April 12, 2017 | 5:47 pm

काठमाडौँ, ३० चैत । प्रोग्रेसिभ फाइनान्स लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रोग्रेसिभ फाइनान्सका वरिष्ठ प्रबन्धक उमा लामिछाने र बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धीरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ । सम्झौतापछि नेपालीले विदेशबाट पठाएको रकम बुम रेमिटमार्फत प्रोग्रेसिभ फाइनान्सका शाखाहरूबाट भुक्तानी लिन सकिनेछ ।

बुम रेमिटको सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण गर्न पनि सकिने जनाइएको छ । बुम रेमिटको नेपाल अधिराज्यका ७५ वटै जिल्लामा ४ हजारभन्दा बढी सव–एजेन्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *