फ्रान्स ५–२ को अन्तरले आइसल्याण्डलाई हराउँदै सेमिफाइनलमा प्रवेश

Post Date : July 4, 2016 | 2:52 am

सेन्ट डेनिस, फ्रान्स, २० असार । युरो २०१६ आयोजक राष्ट्र फ्रान्स र आइसल्याण्डबीच भएको चौथो क्वाटरफाइनल खेलमा फ्रान्सले २ का विरुद्ध ५ गोल गरी सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेल फ्रान्स विरुद्ध जर्मनीको हुनेछ ।

france1

पहिलो हाफको १२औं मिनेटमा फ्रान्सका गिरौडले आइसल्याण्डविरुद्ध गोल गर्न सफल भयो । फ्रान्सका माटुइडीले टाढाबाट दिएको पासलाई गिरौडले देब्रे खुट्टाले हानेको सुट बल आइसल्याण्डका गोलकिपरको टाङ्ग मुनिबाट गई गोल भएको थियो ।

france2

खेलको २०औं मिनेटमा फ्रान्सका ग्रिजम्यानले हानेको कर्नर किकलाई फ्रान्सका मिडफिल्डर जर्सी नम्बर १५ का पोग्बाले हेड मार्फत गोल गर्न सफल भए । यसरी फ्रान्सले आइसल्याण्डविरुद्ध २–० को अग्रता लिन सफल भयो ।

france3

पहिलो हाफको ४३औं मिनेटमा फ्रान्सका ग्रिजमानले दिएको पासलाई डिमित्री पेयेटले आइसल्याण्डको डि एरिया बाहिरबाट देब्रे खुट्टाले दायाँ च्यापेर हानेको बल गोलमा परिणत भयो ।

france4

खेलको ४५औं मिनेटमा फ्रान्सलाई ४–० अग्रता ग्रिजम्यानले दिलाए । फ्रान्सका गिरौडले दिएको पासलाई ग्रिजम्यानले वान–अन–वानमा पाएको बललाई भलि मार्फत गोल गर्न सफल यो । यससँगै पहिलो हाफ आयोजक राष्ट्र फ्रान्सको ४–० को अग्रतासँगै सकिएको थियो ।

iceland1

दोस्रो हाफको ५६औं मिनेटमा आइसल्याण्डका साइथोर्सनले आयोजक राष्ट्र फ्रान्सविरुद्ध गोल गरे । उक्त गोल आइसल्याण्डका सिगोर्डसनले फ्रान्सको गोलपोष्ट नजिकै दिएपछि संभव भएको हो ।

france5

खेलको ५९औं मिनेटमा फ्रान्सका गिरौडले हेड मार्फत गोल गरी ४ गोलको अन्तरलाई कायमै राख्न सफल भएको थियो । यो गोल फ्रान्सका डिमित्री पेयेटले हानेको कर्नर बललाई गिरौडले हेड गर्दा भएको थियो । यसरी फ्रान्स ५–१ को अग्रता लिन सफल भयो ।

iceland2

दोस्रो हाफको ८४औं मिनेटमा आइसल्याण्डका स्कलसनले दिएको पासलाई बिजर्नेसनले हेड मार्फत गोल गरी गोल अन्तरलाई छोट्याएका थिए ।

फ्रान्सले ५–२ को अन्तरले आइसल्याण्डलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले सेमिफाइनलमा जर्मनी प्रतिद्वन्दी पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *