बयालिस आरोही सगरमाथाको चुचुरामा

Post Date : May 13, 2016 | 5:52 pm

काठमाडौँ, ३१ वैशाख । चौध नेपालीसहित २७ जना आरोहीले आज सगरमाथाको सफल आरोहण गरेका छन् ।

मध्याह्नसम्म १४ विदेशी र १३ नेपालीले सगरमाथा आरोहण गरेको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
यसअघि बिहिबार तीन नेपाली र तीन विदेशी तथा बुधबार नौ शेर्पा आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

यसरी तीन दिनमा २७ आरोहीले सगरमाथा आरोहण गरेका छन् । अहिले धेरै आरोही समूह क्याम्प चार नजिक पुगेको र शनिबारसम्म धेरै सङ्ख्यामा सगरमाथाको चुुचुरामा पुग्ने विभागले जनाएको छ ।

पर्वतारोहण शाखाको तथ्याङ्कानुसार वसन्त ऋतुको यस मौसममा सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोली गएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *