बाइस करोडको मह उत्पादन

Post Date : April 28, 2016 | 5:38 pm

तिलोत्तमा (रुपन्देही), १६ वैशाख । यस वर्ष जिल्लाका किसानले रु २२ करोडको मह बिक्री गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाका अनुसार जिल्लामा वार्षिक ३८ मेट्रिक टन बढी मह उत्पादन हुने गरेको छ भने एक हजार ५३० उन्नत घार रहेका छन् ।

जिल्लामा ७५ वटा फार्म रहेका छन् । माहुरी पकेट क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले रुद्रपुर, दुधराक्ष, देवदह, सेमरालगायत गाविसमा किसानलाई तालिम, उन्नत घार वितरण गरेपछि उत्पादनमा वृद्धि भएको हो । यहाँबाट पाल्पा, दाङसम्म मह निर्यात गरिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *