बाग्लुङमा लक्ष्मी बैंकको शाखा

Post Date : October 6, 2016 | 1:23 pm

काठमाडौं, २० असोज । लक्ष्मी बैंकले बाग्लुङमा नया शाखा संचालनमा ल्याएको छ । आफ्नो सेवा सहज र सरल रूपमा पुरयाउने लक्ष्यका साथ संचालनमा ल्याएको बैंकले जनाएको छ । साना, लघु उद्यमी तथा कृषकलाई नया शाखा स्थापनाले बैंकिङ्ग कारोवारमा सहजता प्रदान गर्ने जनाइएको छ । बैंकको योसँगै शाखा संख्या ५५, विस्तारित काउन्टर संख्या २ र एटिएम काउण्टर संख्या ७५ पुगेको छ ।

बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४८ अर्ब १५ करोड ४१ लाख रुपैया निक्षेप संकलन, ४० अर्ब ३५ करोड ९५ लाख रुपैया कर्जा प्रवाह गरी ६७ करोड ३७ लाख रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *