बुम रेमिट, पूर्णिमा विकास बैंक र एभरेष्ट फाइनान्सबीच सम्झौता

Post Date : August 30, 2016 | 4:28 pm

काठमाडौं, १४ भदौ । बुम रेमिट तथा पूर्णिमा विकास बैंक र एभरेष्ट फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बुम रेमिटका प्रबन्ध निर्देशक धिरेन्द्र पन्त, पूर्णिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ र एभरेष्ट फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिम बहादुर कार्कीले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम पूर्णिमा विकास बैंक र एभरेष्ट फाइनान्स लिमिटेडका शाखामार्फत भुक्तानी हुने जनाइएको छ ।

बुम रेमिटले खाडी मुलुकबाट रेमिट्यान्सको कारोवार गर्दै आइरहेकोमा चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अष्ट्रेलिया, युरोप र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *