बेइजिङ साङ्घाई गुड्न थाल्यो दु्रत गतिको रेल

Post Date : June 26, 2017 | 5:28 pm

बेइजिङ, १२ असार । चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले चीनको बेइजिङ् साङ्घाई रुटमा आफ्नो सेवा सुरु गरेको छ ।

सोमबार बिहान ११ः०५ बजे एसिआर ४०० एफ मोडेलको रेल सांघाइको लागि छुटेको छ भने सोही समयमै साङ्घाइबाट सिआर ४०० बिएफ मोडेलको अर्काे रेल बेइजिङ्का लागि छुटेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।

चीनको यो द्रुत गतिको रेलले आज पहिलो पटक बेइजिङ्बाट यो सेवाको प्रारम्भ गरेको हो । चीनको नयाँ पुस्ताको यो रेल सेवाको नाम फक्सिङ दिइएको छ । चिनियाँ सञ्चारमाध्यमले सोमबार फक्सिङले सेवा सुरु गरेको समाचार दिएका छन् ।

यो रेलको गति प्रतिघन्टा बढीमा ४०० किलोमिटर र नियमित वा औषत गति ३५० किलोमिटर रहेको छ । यो नै विश्वकै अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवा हो ।

यो रेलमा स्वचालित गति नियन्त्रणको व्यवस्था मिलाइएको छ । स्वाचालित रुपमा यसले गति निर्धारण गर्ने, दुर्घटना हुनसक्ने वा आकस्मिक अवस्था आयोभने यसले आफै नै गति सीमित गर्ने प्राविधिक व्यवस्था यसमा रहेको छ ।

चाइना रेलवे कर्पाेरेसनका सञ्चालक लु दोङफूले भन्नभयो– यस रेलसेवाको सुरुवातले चीनको आर्थिक र सामाजिक विकासमा ठूलो भूमिका निर्वाह गर्नसक्ने धारणा राख्नुभयो ।

चीनमा रेलसेवा यहाँको यातायात सेवाका लागि एक अत्यावश्यक र भरपर्दाे रेलसेवाका रुपमा लिइन्छ । चीनमा संसारकै सबैभन्दा लामो रेल यातायातको सञ्जाल रहेको छ ।

सन् २०१६ को अन्त्यसम्ममा चीनभित्र करिब २२ हजार किलोमिटर लामो रेल यातायात सेवा रहेको छ । यो संसारकै रेल सेवाको करिब ६० प्रतिशत हो । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *