बैंक अफ काठमाण्डू लुम्बिनीको खुद मुनाफा २७ करोड रुपैया

Post Date : November 14, 2016 | 1:32 pm

काठमाडौँ, २९ कात्तिक । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासिकमा २७ करोड ९ लाख रुपैया खुद मुनाफा गरेको छ । गत आ.व. को पहिलो त्रैमासिकमा बैंकले १६ करोड ८७ लाख रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले यही असोज मसान्तसम्म ६९ अर्ब ३२ करोड ६३ लाख ७७ हजार रुपैया निक्षेप संकलन गरी ६१ अर्ब ४७ करोड ६३ लाख ३८ हजार रुपैया कर्जा प्रवाह गरेको छ । बैंकको निस्क्रीय कर्जा १ दशमलब १२ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *