ब्याट्रीबाट आगो सल्किँदा गाउँ नै सखाप

Post Date : April 29, 2016 | 11:44 am

रुकुम, १६ वैशाख । आगलागीका कारण रुकुमको एक गाउँ नै सखाप भएको छ । आगोका कारण जिल्लाको आठबिसकोट गाविस–३ दाजको पुरागाउँ नै सखाप भएको हो ।

स्थानीय कालीभान नेपालीको घरमा रहेको सोलारको ब्याट्री पड्किएर सुरु भएको आगो अन्य छिमेकीको घरमा सल्केको थियो । आगोका कारण त्यहाँका नौ घर पूर्णरुपमा क्षति भएको र दुई वटा घर आंशिक रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट त्यही गाउँमा रहेका चार वटा पसल र एक वटा मेडिकलसमेत पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीका कारण सबैको घरका अन्नपात, लत्ताकपडा सबै नष्ट भएका छन् । आगोबाट करिब रु एक करोड बराबरको क्षति भएको हुनसक्ने स्थानीयको भनाइ छ ।

स्थानीय धीरेन्द्र बटालाका अनुसार अन्नपात, लत्ताकपडा, भाँडाकुँडाका साथै धनमालसमेत घरमै भएकाले रु एक करोडभन्दा बढी क्षति भएको हो तर क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको प्रनाउ खड्काले बताउनुभयो । उहाँका अनुसार सर्वसाधारण अहिले आगलागी भएको ठाउँ नजिकै त्रिपालमुनि सामूहिक रुपमा बसिरहेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले पीडितलाई शुक्रबारमात्र राहत सामग्री पठाउने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *