भार्गव विकास बैंकको हकप्रद शेयर बिक्री खुल्ला

Post Date : March 7, 2017 | 9:25 am

काठमाडौँ, २४ फागुन । भार्गव विकास बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले रु.१००/– अंकित दरका १२ लाख कित्ता हकप्रद शेयर मिति २०७३ फागुन २४ गतेदेखि २०७३ चैत २८ गतेसम्म बिक्री खुल्ला गरेको छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड तोकेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा २ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा १ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ करोड ८० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा शून्य दशमलब ४२ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७५ दशमलब ४२ प्रतिशत छ ।

बैंकको हाल चुक्ता पूँजी १४ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा ४ करोड ८ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *