भार्गव विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

Post Date : October 24, 2016 | 12:52 pm

काठमाडौं, ८ कार्तिक । भार्गव विकास बैंक संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १०.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

नेपालगञ्जमा प्रधान कार्यालय रहेको बैंकका ६ वटा शाखामार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । चाँडै नै बर्दियाको भुरिगाउँमा यसै आ.व.भित्र शाखा संचालनमा ल्याउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *