भिबोर सोसाइटी डेभलपमेन्ट बैंकद्वारा तनहुँमा वित्तीय साक्षरता कार्यक्रम

Post Date : June 30, 2017 | 5:56 pm

तनहुँ, १६ असार । काठमाडौँको डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तनहुँ जिल्ला स्थित भानु नगरपालिका चन्द्रावती सतिस्वाँरा वडा नं २ मा शाखा कार्यालय खोली आफ्नो सेवा विस्तार गर्न लागेको छ । यसै क्रममा बैंकले उक्त भेगका चन्द्रावती उच्च माध्यमिक विद्यालय र अरनिको उच्च माध्यमिक विद्यालयमा बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक तथा स्नातक तहका विद्यार्थीहरुलाई बैंकिङ्ग साक्षरता सम्बन्धी समसामायिक ज्ञान दिइएको छ । यस कार्यक्रमले सेवाग्राहीहरुलाई बैंकिङ्ग तथा वित्तीय संस्थाका प्रकार, बचत गर्ने बानी र बचत गर्दाको लाभ, आर्थिक कारोबार, एटिएम कार्डको सदुपयोग, रेमिट्यान्स, आदिका बारेमा जानकारी दिइएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *