भीषण असिनापानी

Post Date : March 30, 2016 | 12:19 pm

पोखरा, १७ चैत । पोखरा र आसपासका गाउँमा आज दिउँसो भीषण असिनापानी परेको छ ।

चैत महिना सुरु भएपछि तेस्रो पटक परेको असिनापानीले वचेकुचेका फलफूल, तरकारी, मकैलगायत बाली नष्ट गरेको छ ।

गएको आइतबार परेको भीषण असिनापानीले कास्कीको अर्मला, लामाचौर, हेम्जालगायत ठाउँमा लगाइएको तरकारी र फलफूल बालीलाई ५० प्रतिशतभन्दा बढी क्षति पुरयाएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *