भ्रष्टाचार प्रकरणमा स्पेनी प्रधानमन्त्री रजोइ साक्षीका रुपमा उपस्थित हुने

Post Date : May 31, 2017 | 9:21 am

म्याड्रिड (स्पेन), १६ जेठ । स्पेनी प्रधानमन्त्री म्यारियानो रजोइमाथि भ्रष्टाचार प्रकरणमा परेको मुद्दामाथि साक्षीका रुपमा बयान दिन अदालतसामु आगामी जुलाई २६ मा उपस्थित हुनुहुने भएको छ ।

मङ्गलबार स्पेनी एक अदालतले रजोइलाई अदालतमा उपस्थित भई साक्षीका रुपमा मुद्दाबारे सोधिएका प्रश्नमा साक्षीका रुपमा जवाफ दिन अनुरोध गरेको हो ।

स्पेनी कानुनअनुसार प्रधानमन्त्रीलाई अदालतले बोलाएका बेला उपस्थित भई एक सर्वसाधारण नागरिक वा प्रत्यक्षदर्शीका रुपमा बयान दिनुपर्ने व्यवस्था छ ।

स्पेनको उच्च अदालतले रजोइ र उहाँको दलद्वारा अदालतमा सुरक्षाको विषयलाई मध्यनजर गर्दै भिडियो सम्मेलनमार्फत् बयान दिने प्रस्तावलाई अस्वीकार गरेपछि उहाँहरुलाई बयान दिन बोलाइएको दिन अदालतमा हाजिर हुने बताएका छन् ।

अदालतले अन्य ठाउँको तुलनामा अदालत सुरक्षाका दृष्टिले मजबुत रहने बताउँदै उहाँलाई बोलाएपछि प्रधानमन्त्रीले आगामी जुलाई २६ मा अदालत उपस्थित भई बयान दिनुहुनेछ ।

सन् १९९९ देखि २००५ मा स्पेनका विभिन्न क्षेत्रका एक व्यवसायिक सञ्जाल गर्टेललाई प्रभावमा परी रजोइको दल पिपुल्स पार्टीले सघाएको आरोप छ । त्यतिबेला प्रधानमन्त्री रजोइ पिपुल्स पार्टीको महासचिव र लुइस बासिनास कोषाध्यक्ष रहनुभएको थियो । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *