मकवानपुरको मनहरीमा गणपति माइक्रोफाइनान्सको १५औँ शाखा

Post Date : July 2, 2017 | 3:16 pm

मकवानपुर, १८ असार । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २०७४ साल असार १८ गते आइतबार मनहरी गाउँपालिका–७, मकवानपुरमा शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखा कार्यालयको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले गर्नु भएको थियो । यो सँगै वित्तीय संस्थाको शाखा संख्या १५ (पन्ध्र) पुगेको संस्थाद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले नेपाल राष्ट्र बैंक बाट मिति २०७३/०७/३० मा ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *