मञ्जुश्री फाइनान्स र नमस्ते फाइनान्सलाई हक प्रद शेयर निष्काशन स्वीकृती

Post Date : November 13, 2016 | 6:05 pm

काठमाडाैँ, २८ कात्तिक । मञ्जुश्री फाइनान्स लिमिटेड र नमस्ते वित्तीय संस्था लिमिटेडलाई नेपाल धितो पत्र बोर्डले हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ । धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्सलाई एक शेयर बराबर एक दशमलब सात पाँच र नमस्ते वित्तीय संस्थालाई एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको हो ।

मञ्जुश्री फाइनान्स लिमिटेडले निष्काशन गर्ने हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

त्यसै गरी नमस्ते वित्तीय संस्थाले जारी गर्ने हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *