मनी चेञ्जर र मनी ट्रान्सफर कम्पनीको चुक्ता पूँजी २ गुणाले बढाउन निर्देशन

Post Date : August 22, 2016 | 11:21 am

काठमाडौं, ६ भदौ । नेपाल राष्ट्र बैंकले मनी चेञ्जर र मनी ट्रान्सफर कम्पनीको चुक्ता पूँजी कम्तीमा पनि २ गुणाले बढाउने निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकको नया व्यवस्था अनुसार रेमिट्यान्स जारी गर्ने कम्पनीको न्यूनतम चुक्ता पूँजी २५ करोड रुपैया हुनुपर्नेछ । यसअघि चुक्ता पूँजी कति हुने प्रष्ट व्यवस्था थिएन ।

त्यस्तै प्रिन्सिपल कम्पनी भई रेमिट्यान्स कारोवार गर्ने कम्पनी, फर्म वा संस्थाले ५ करोड रुपैयाबाट चुक्ता पूँजी बढाएर १० करोड रुपैया पुरयाउनु पर्नेछ । विदेशस्थित प्रिन्सिपल कम्पनीको एजेन्ट भई रेमिट्यान्स कारोवार गर्ने फर्म वा कम्पनीले चुक्ता पूँजी १ करोड रुपैयाबाट बढाएर २ करोड रुपैया पुरयाउनु पर्नेछ ।

त्यस्तै राष्ट्र बैंकले मनी चेञ्जर कम्पनीको चुक्ता पूँजी बढाएको छ । परिवत्र्य विदेशी मुद्राको खरिद कारोवार गर्ने कम्पनी वा फर्मलाई चुक्ता पूँजी १० लाख रुपैया बढाएर १५ लाख रुपैया पुरयाएको छ । तर भारतीय रुपैया मात्रै खरिद बिक्री गर्ने कम्पनीको चुक्ता पूँजी ५ लाख रुपैया यथावत राखिएको छ ।

राष्ट्र बैंकले भारतीय मुद्रा र परिवत्र्य विदेशी मुद्राको कारोवार गर्ने कम्पनीको चुक्ता पूँजी भने १५ लाख रुपैयाबाट बढाएर २० लाख रुपैया पुरयाएको छ ।

मनी चेञ्जर र मनी ट्रान्सफर कम्पनीको चुक्ता पूँजी बढाउन राष्ट्र बैंकले २०७४ साल असार मसान्तरसम्म म्याद दिएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमार्फत मनी चेञ्जर र मनी ट्रान्सफर कम्पनीको चुक्ता पूँजी बढाउने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *