महालक्ष्मी विकास बैंकको संचालन मुनाफा १ अर्ब १० करोड

Post Date : July 27, 2017 | 5:55 pm

काठमाडौँ, १२ साउन । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब १० करोड रुपैयाँ संचालन मुनाफा हासिल गरेको प्रेस विज्ञप्तीमार्फत जनाएको छ । साविकको यति डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिएर मिति २०७४ साल असार १८ गतेदेखि एकीकृत कारोवार शुरु गरेको यस बैंकले २०७४ साल असार मसान्त सम्ममा रु. २५ अर्ब १३ करोड निक्षेप संकलन गरी रु. २० अर्ब ७२ करोड कर्जा प्रवाह गरिसकेको छ ।

यस बैंकको नेपालभरी जम्मा ६५ शाखा रहेको छ भने ग्राहक संख्या ३ लाख ६५ हजार पुग्न गएको छ । बैंकको चुक्ता पूँजी रु. २ अर्ब ६३ करोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *