मिसन डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन बिक्री खुल्ला

Post Date : March 16, 2017 | 8:56 pm

काठमाडौँ, ३ चैत । मिसन डेभलपमेन्ट बैंकले २०७३ फागुन २२ गतेसम्म कायम साविक शेयरधनीहरूका लागि १ कित्ता शेयर बराबर १ कित्ता साधारण शेयरको अनुपातमा प्रति शेयर रु.१००।– अंकित दरको १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला आज मिति २०७३ चैत ३ गतेदेखि २०७४ बैशाख ६ गतेसम्म गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ । हकप्रद शेयर खरिदका लागि दरखास्त दिन तथा रकम जम्मा गर्न भिबोर क्यापिटल लिमिटेड, कृष्णगल्ली लगनखेल र मिसन डेभलपमेन्ट बैंकको बुटवल, ड्राइभरटोल, भुमही, गोपिगञ्ज, तामनगर, बाँसगढी, सेमरा, भैरहवा र तौलिहवाबाट सकिनेछ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकसम्म २ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब २५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरी ३ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा बैंकको निस्क्रिय कर्जा शून्य दशमलब ३७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७७ दशमलब १६ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी १९ करोड ४९ लाख २५ हजार रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा १० करोड ४० लाख ३६ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।

गत आ.व. २०७२।७३ मा बैंकले ५ करोड १३ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *